कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक

२०७८ मंसिर ११ गते, शनिबार

कोरोना भाइरसको नयाँ भेरियन्ट निकै खतरनाक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

डब्ल्यु एचओले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ रूप, बी वान वान फाइभ टु नाईन अत्याधिक संक्रामक भएको बताएको हो।

कोरोना भाइरसको यो नयाँ रुपलाई ओमिक्रोन नाम दिइएको छ । यो नयाँ भेरियन्ट आएसँगै विश्वमा त्रास फैलिएको छ ।

यसबारे छलफल गर्न डाकिएको बैठकपछि, डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले छिट्टै यो भाइरसका बारेमा विश्व समुदायलाई दिशानिर्देश जारी गर्ने जनाएका छन् । यसबाट मानिसहरुलाई थप कदम चाल्न सघाउ पुग्ने बताइएको छ । उनका अनुसार यो भेरियन्टबारे अझै धेरै अनुसन्धान आवश्यक रहेको छ । लन्डमेयरले अनुसन्धानकर्ताहरु थप जानकारी सङ्कलनका लागि जुटेको बताएका छन ।

डब्ल्यूएचओले हालसम्म दिएको जानकारीअनुसार यो भाइरस सुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । त्यसपछि बोत्सवानासहित धेरै छिमेकी देशहरूमा फैलिसकेको छ ।

कोरोना भाइरसको पूर्ण खोप लगाएका मानिसहरूमा समेत यो भेरियन्टले आक्रमण गरेको भेटिएको छ । नयाँ भेरियन्ट आएसँगै अमेरिकी अधिकारीहरूले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट हुने उडानहरू बन्द गरिने बताएका छन् । हवाई उडानमाथिको यो प्रतिबन्धसोमबारदेखि लागू हुने बिबिसीले जनाएको छ ।

51 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

२०७८ पुष २७ गते, मंगलवार

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

२०७८ पुष २७ गते, मंगलवार

काठमाण्डौमा टिपर र मोटरसाइकलले ठक्कर दिँदा दुई जना पैदलयात्रीको ज्यान गयो

२०७८ पुष २६ गते, सोमबार

ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ९६८ संक्रमित थप

२०७८ पुष २३ गते, शुक्रबार

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

२०७८ पुष २३ गते, शुक्रबार

भाइब्रेन्ट समिट स्थगित : प्रधानमन्त्री देउवाको भ्रमण रोकियो

२०७८ पुष २२ गते, बिहीबार

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

२०७८ पुष २२ गते, बिहीबार

दोलखा केन्द्रविन्दु भएर भुकम्प

२०७८ पुष २१ गते, बुधबार

मूर्ति चोरी गरेको आरोपमा दुई जना पक्राउ

२०७८ पुष २० गते, मंगलवार

कोरोनाको अर्को नयाँ भेरिएन्ट फ्रान्समा देखियो, निकै संक्रामक हुनसक्ने अनुमान

२०७८ पुष २० गते, मंगलवार

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

२०७८ पुष २० गते, मंगलवार

2022 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal