आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

२०७८ मंसिर ५ गते, आईतवार

काठमाडौं – काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ। यसअघि दीर्घरोगलाई मात्रै खोप दिइएको थियो। आजदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेर सम्मका स्वस्थ बालबालिकालाई पनि खोप दिने निर्णय भएको हो।

दीर्घ रोगीलाई खोप लगाएर खोप बाँकी रहेपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो। काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइनेछ। तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएको छ।

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइनेछ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ।

46 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

२०७८ पुष २७ गते, मंगलवार

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

२०७८ पुष २७ गते, मंगलवार

काठमाण्डौमा टिपर र मोटरसाइकलले ठक्कर दिँदा दुई जना पैदलयात्रीको ज्यान गयो

२०७८ पुष २६ गते, सोमबार

ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ९६८ संक्रमित थप

२०७८ पुष २३ गते, शुक्रबार

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

२०७८ पुष २३ गते, शुक्रबार

भाइब्रेन्ट समिट स्थगित : प्रधानमन्त्री देउवाको भ्रमण रोकियो

२०७८ पुष २२ गते, बिहीबार

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

२०७८ पुष २२ गते, बिहीबार

दोलखा केन्द्रविन्दु भएर भुकम्प

२०७८ पुष २१ गते, बुधबार

मूर्ति चोरी गरेको आरोपमा दुई जना पक्राउ

२०७८ पुष २० गते, मंगलवार

कोरोनाको अर्को नयाँ भेरिएन्ट फ्रान्समा देखियो, निकै संक्रामक हुनसक्ने अनुमान

२०७८ पुष २० गते, मंगलवार

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

२०७८ पुष २० गते, मंगलवार

2022 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal