मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनु भएको छ । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उहाँले पदबाट राजीनामा दिनु भएको हो।

शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गर्नु भएको थियो । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उहाँले विश्वासको मत नलिई पदबाट राजीनामा दिनु भएको हो।

प्रदेशसभामा हाल एमालेका ४३, विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छन् । विश्वासको मतमा नपुग्ने भएपछि नयाँ सरकार गठनका लागि सहज पार्न पनि राजीनामा दिनु भएको हो । 

35 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

२०७८ मंसिर ११ गते, शनिबार

कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक

२०७८ मंसिर ११ गते, शनिबार

दक्षिण अफ्रिकामा बढ्यो कोभिडको नयाँ भेरियन्ट

२०७८ मंसिर १० गते, शुक्रबार

जनगणना आजदेखि औपचारिक रूपमा सकियाे

२०७८ मंसिर ९ गते, बिहीबार

रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौँका ४ नाकामा एक महिनासम्म कोरोना खोप दिइने

२०७८ मंसिर ७ गते, मंगलवार

भक्तपुरको चाँगुनारायणमा करिब ४ महिना पुरानो मानव कङ्काल फेला

२०७८ मंसिर ७ गते, मंगलवार

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर ५ गते, आईतवार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

२०७८ मंसिर ५ गते, आईतवार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal