काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं । कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकाका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ ।

बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ।

काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।

43 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

२०७८ मंसिर ११ गते, शनिबार

कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक

२०७८ मंसिर ११ गते, शनिबार

दक्षिण अफ्रिकामा बढ्यो कोभिडको नयाँ भेरियन्ट

२०७८ मंसिर १० गते, शुक्रबार

जनगणना आजदेखि औपचारिक रूपमा सकियाे

२०७८ मंसिर ९ गते, बिहीबार

रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौँका ४ नाकामा एक महिनासम्म कोरोना खोप दिइने

२०७८ मंसिर ७ गते, मंगलवार

भक्तपुरको चाँगुनारायणमा करिब ४ महिना पुरानो मानव कङ्काल फेला

२०७८ मंसिर ७ गते, मंगलवार

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर ५ गते, आईतवार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

२०७८ मंसिर ५ गते, आईतवार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal