अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

काठमाण्डाै – अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर एक सय २० रुपैयाँ १३ पैसा तोकेको छ ।

हिजो बिक्रीदर एक सय २० रुपैयाँ ०८ पैसा कायम भएको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ६९ पैसा थियो । त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा थियो ।

पछिल्ला महिनामा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । कोभिड-१९ पछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रुपमा सुधार हुन सकेको छैन । यसको प्रत्यक्ष असर नेपाली मुद्रामा समेत परेको छ।

49 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

२०७८ मंसिर ११ गते, शनिबार

कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक

२०७८ मंसिर ११ गते, शनिबार

दक्षिण अफ्रिकामा बढ्यो कोभिडको नयाँ भेरियन्ट

२०७८ मंसिर १० गते, शुक्रबार

जनगणना आजदेखि औपचारिक रूपमा सकियाे

२०७८ मंसिर ९ गते, बिहीबार

रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौँका ४ नाकामा एक महिनासम्म कोरोना खोप दिइने

२०७८ मंसिर ७ गते, मंगलवार

भक्तपुरको चाँगुनारायणमा करिब ४ महिना पुरानो मानव कङ्काल फेला

२०७८ मंसिर ७ गते, मंगलवार

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर ५ गते, आईतवार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

२०७८ मंसिर ५ गते, आईतवार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal