लिच्छवीकालिन मानमानेश्वरी भवानीलाई मूलचोकमा भित्र्याइयो

२०७८ आश्विन २७ गते, बुधबार

ललितपुर – ललितपुरमा लिच्छवीकालिन मानमानेश्वरी भवानीलाई मंगलबजारमा रहेको पाटन दरबार क्षेत्रको मूलचोकमा भित्र्याइएको छ। हिजो फूलपातीको दिन मानमानेश्वरी भवानीलाई मुछेँय् आँगमबाट मूलचोकमा रहेको मूछेँय् माजुको देवालयमा भित्र्याइएको हो । योसँगै ललितपुरमा खड्ग जात्रा शुरू भएको छ ।

घटस्थापनाको दिनदेखि साधना गरेको भवानीको मूर्ति र पौराणिक तीन खड्गलाई विधिवत पूजाआजा गरि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन लगायतको उपस्थितिमा हिजो बाजागाजासहित मूलचोकमा भित्र्याइएको हो। जात्राको क्रममा नवमीका दिन महालक्ष्मीस्थानबाट पाटन दरबार क्षेत्रमा खड्ग जात्रा संचालन गरिनेछ भने दशमीका दिन ठेचोको नवदुर्गा नाचको देवगणनीलाई मानमानेश्वरी भवानीको टीका थाप्नको लागि पाटन दरबारमा ल्याइनेछ । त्रियोदशीका दिन मानमानेश्वरी भवानीलाई मूलचोकबाट मुछेँयँ आँगममा नै फर्काइनेछ ।

यो जात्रा २०५० सालदेखि विभिन्न कारणले संचालन हुन नसकेकोमा २०७५ सालमा ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ, गुथि संस्थान, गुथियारहरू लगायतको पहलमा पुनः संचालन भएको हो। यसवर्ष ललितपुर महानगरपालिकाले जात्रामा सहभागीहुनेहरूको लागि बिमाको व्यवस्था गरेको छ भने जात्रा संचालनको लागि २५ लाख रूपैयाँको अक्षयकोषको पनि स्थापना गरेको छ। गएको वर्ष कोरोना भाइरसको संक्रमणका कारण यो जात्रा सांकेतिक रूपमा मात्र गरिएको थियो।

खड्गसिद्धी र शक्ति साधनासंग सम्बन्धित मानमानेश्वरी भवानी लिच्छवी राजा मानदेवको ईष्टदेवी रहेको मान्यता छ ।

20 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal