नेवार समुदायले आज कुछी भ्वय् खाँदै

२०७८ आश्विन २७ गते, बुधबार

भक्तपुर  – महाअष्टमी अर्थात् दसैँको आठौँ दिन । आज नेवार समुदायले कुछी भ्वय् खाएर महाअष्टमी मनाउने छन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय् खाने परम्परा रहेको छ । कुछी भ्वय् अर्थात् दुई मानाको भोज । जसमा कुछीको अर्थ दुई माना र भ्वय्को अर्थ भोज हो ।

यसरी केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय् खाने गरिन्छ । कुछी भ्वय् खानको लागि तरकारीका परिकार मात्रै १२ थरीको चाहिन्छ । साथै छोयला पनि १२ टुक्रा गरिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय् रहन गएको भनाइ भक्तपुरका स्थानीयको भनाइ छ । तर संस्कृतविद् ओम धौँभडेलले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय रहेको तर पछि अपभ्रंश भएर कुछी भ्वय् हुन गएको बताउँछन् ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको उनले बताए ।

केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केराको पात भ्वयमा प्रयोग हुने गरेको उनले बताए । त्यसैले आज भक्तपुरका चोकचोकमा केराको पातको व्यापार पनि राम्रै हुन्छ ।

महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याउँछन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

41 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal