रातो मच्छिन्द्रनाथको रथ निर्माणमा काठको काम गर्ने दिलकुमार बाराहीलाई ‘झान्जु अन्तर्राष्ट्रिय अवार्ड’

२०७८ आश्विन २२ गते, शुक्रबार

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने दिलकुमार बाराहीले १० हजार अमेरिकी डलरको ‘झान्जु अन्तर्राष्ट्रिय अवार्ड’ पाएका छन्। दक्षिण कोरियाको झान्जु नगरले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष दिँदै आएको यो अवार्ड यसपालि तीनवटा देशका सांस्कृतिक सम्पदाले पाएका हुन्। पहिलो नम्बरमा नेपालको नाउँ छ भने त्यसपछि इटाली र ताजिकिस्तान छन्।

नेपाली समयअनुसार बिहीबार राति आयोजित अनलाइन कार्यक्रमबीच बाराही गुठीका नाइके दिलकुमार बाराहीलाई झान्जु अवार्ड हस्तान्तरण गरिएको हो। अवार्ड विजेताहरूको नामावली भने दुई महिनाअघि नै घोषणा गरिएको थियो। बाराहीलाई रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत गरिएको हो।

यो अवार्ड नेपालले पाउनुमा सम्पदा संरक्षणविद् मोनालिसा महर्जनको ठूलो हात छ । पोर्चुगलको डी इभोरा विश्वविद्यालयबाट सम्पदा संरक्षणमा पिएचडी गरेकी मोनालिसाले नै दिलकुमार बाराहीको नाम र उनको शिल्पलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल गराएकी हुन् । यसको निम्ति बाराहीसँग अन्तर्वार्ता लिने, उनको कामको विवरण तयार पारेर आवेदन भर्ने, फोटो र भिडिओ खिचेर पठाउने सबै काम मोनालिसाले नै गरेकी थिइन्।

यस क्रममा पद्मसुन्दर जोशी, शैलेश राजभण्डारी, आशुतोष बाराही, सन्देश मुनिकार, ऋषि अमात्य, ललितपुर महानगरपालिका राजु महर्जन लगायतले फोटो, भिडिओ र अन्य सन्दर्भ सामग्री संकलनमा मद्दत गरेको महर्जनले बताउनु भयो।

अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै बाराहीले रातो मच्छिन्द्रनाथको जात्रा चलाउने सबै गुठीहरूको निम्ति खुसीको खबर भएको र सिंगो जात्राले नै अन्तर्राष्ट्रिय सम्मान पाएको प्रतिक्रिया दिनु भएको छ।

28 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal