न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

२०७८ आश्विन १५ गते, शुक्रबार

काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।

निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १ सय ८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा रेडिङ गर्नुपर्ने प्रावधानअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोडको प्रतिसेयर १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १०० अङ्कित मूल्यका १५ लाख कित्ता सेयर र संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता सेयर गरी १८ लाख कित्ता सेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको र त्यसको बाँडफाँटसमेत भइसकेको छ ।

43 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal