एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

काठमाडौं – एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ ।

फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।”

नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

36 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal