सस्तो भयो मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क

२०७८ भाद्र ३० गते, बुधबार

काठमाडौं – मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क तोकिदिएको हो ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

५० हजार भन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख रुपैयाँ भन्दा माथि ३० रुपैयाँ शुल्क लाग्नेछ । मोवाइल बैंकिङबाट अर्को बैंकको खातामा रकम पठाउदा यस अघि बैंकहरुले आफै शुल्क निर्धारण गरेका थिए । सामान्यतया बैंकहरुले सानो रकम पठाउँदा पनि २० रुपैयाँ भन्दा माथि शुल्क लिने गरेका थिए ।

राष्ट्र बैंकले एटीएम प्रयोगकर्ताका लागि पनि सहज बनाइदिएको छ । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रति महिना दूई वटासम्म कारोबार निःशुल्क हुने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ ।

यसका अलवा बैंकहरुले प्रतिकारोबार २० रुपैयाँ भन्दा बढी लिन पाउने छैनन् । कोरोना रोकथाम तथा नियन्त्रणका बेला राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो । लकडाउन बाहेकका समयमा बैंकहरुले आफूखुसी एटीएम प्रयोगको शुल्क लिने गरेका थिए ।

90 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal