नेवार समुदायले आज सानो दशैको रुपमा चथाः मनाउँदै

२०७८ भाद्र २५ गते, शुक्रबार

काठमाण्डौं – नेवार समुदायले आज सानो दशैको रुपमा लिइने चथाः पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथाः मनाउने गरिन्छ ।

त्यसैले आज चन्द्रमा हेर्यो भने मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ । टोल टोलमा बेलुकी कुकुरले भुक्न थालेपछि कौसीको कुनामा लिपपोत गरेर कमलको पात विछ्याएर कमलको फूल, चथास्वाँ , अदुवाको विरुवा , आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी , समयबजी, लगायत चढाएर चन्द्रमालाई पूजा गरिन्छ ।

आजको दिन पानी पर्यो भने दशैमा पनि पानी पर्ने, आज राम्रो भयो भने दशै पनि राम्रो हुने जनविश्वास छ । त्यस्तै चथाः जुन बार पर्दछ , दशैको महानवमी र नेपाल सम्वतको नयाँ वर्ष पनि त्यहि बार पर्दछ ।

आजै गणेशको जन्म भएको विश्वासमा गणेश चौथी पनि मनाइन्छ ।

445 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal