दिपंकर बुद्धलाई पुजा दान दिएर मनाइयो पञ्चदान पर्व

२०७८ भाद्र २० गते, आईतवार

काठमाडौं – भक्तपुर नगरभित्रका विभिन्न बिभिन्न टोलमा रहेका दिपंकर बुद्धलाई पुजा तथा दान दिएर आइतबार पञ्चदान पर्व मनाईएको छ ।

नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा रहेको छ । तर कोरोनाका कारण यस बर्ष दिपंकर बुद्धलाई बिहार भित्रै राखि बाहिरबाट पञ्चदान गरिएको थियो ।

यो दिनमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ । ६ सय वर्ष अगाडीदेखि मनाउने गरिएको यो पर्व अन्यत्रभन्दा भक्तपुरमा फरक ढंगले मनाइने गरिन्छ ।

बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित रहेको स्थानीय सुगतरत्न बज्राचार्यले बताए । पञ्चदान पर्वमा धान, मकै, चामल लगाएतका पाँचथरी दान गर्ने प्रचलन रहेको उनले बताए ।

यो पर्व गुँला महिना (श्रावण महिना) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ । दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ । यो पर्वको समयमा धान गर्नाल पुण्य मिल्ने, धनसम्पति प्राप्त हुने जनविश्वास रहेको छ ।

33 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal