बजारमा सुन अभाव

२०७८ भाद्र १७ गते, बिहीबार

काठमाडौं – बजारमा सुन अभाव भएको छ । व्यवसायीहरुले तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगे पनि आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेको जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लामो समय पछि बजार कोभिड अघिको लयमा फर्कीए पनि आयात कोटाका कारण कारोबार प्रभावित हुने खतरा देखिएको जनाएको छ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार बजारमा सुनको दैनिक माग ३५ किलो भएता पनि सुन उपलब्धता भने छैन।

कोभिड प्रभावित सुन व्यवसाय माथि उठ्नका लागि भए पनि अहिले सुनको उपलब्धता जरुरी भएको उहाँले बताउनु भयो। सुनको आयात कोटा बढाउनेबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराउन लागिएको पनि महासंघले जनाएको छ ।

बजारमा कोटाकै सुनको ल्याउन पनि बैंकहरुलाई समस्या आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यको भनाई छ । उहाँने नेपालले धेरै मात्रामा सुन खरिद गर्ने दुबईको अध्यगमन कानुनका कारण बैंकहरुलाई सुन ल्याउन कठिनाई भएको बताउनु भयो। दुबईमा कठिन भएपछि केही बैंकहरुले स्वीटजरल्याण्ड र इजिप्टबाट सुन खरिद गरेर नेपाल भित्र्याएको उहाँको भनाई छ ।

नेपाल बैंकर्स संघले वैधानिक रुपमा सुन आयातका लागि बठिनाई भएको गुनासो बैंकहरुले गरेको जनाएको छ । कोभिडका कारण लगाइएको कडा अध्यगमन नियम र हवाई उडान अनिश्चित बन्दा कोटा कै सुन आयात गर्न ढिलाई भएको संघले जनाएको छ ।

61 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal