कवि पूर्ण वैद्यको निधन

२०७८ भाद्र १० गते, बिहीबार

काठमाडौं – विम्ब लेखनमा बेजोड कवि पूर्ण वैद्यको निधन भएको छ। उहाँको आज बिहिबार बेलुकी ललितपुरको निदान अस्पतालमा निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार उहाँको अन्तिम संस्कार भोली हुने पशुपति आर्यघाटमा गरिनेछ। 

कब्जियतको समस्या देखिएकोले कवि पूर्ण वैद्यलाई भदाैं २ गते अस्पताल भर्ना गरिएको थियो भने भर्ना पश्चात कोरोना भाइरसको परीक्षण गरिएको बेलामा पोजिटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम भएपछि उहाँको उपचार भेन्टिलेटरमा राखेर भएको थियो। उहाँले कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लिइसक्नु भएको परिवारले बताएको छ। 

विसं १९९७ (नेसं १०६० गुँलागा, गुपुन्हि) मा भक्तपुरको चोछें टोलमा जन्मिनुभएका वैद्यका दुई कविता सङ्ग्रह, एउटा कवितासम्बन्धी आलेख सङ्ग्रह , एउटा निबन्ध सङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन्। ‘सरासू’ (२०२१/नेसं १०८४) र लः लः खः (२०५२/नेसं १११५) उहाँका दुई कविता सङ्ग्रह हुन्। ‘लः लः खः’ को नेपाली भाषामा अनुवाद २०६९ मा नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको थियो भने अंग्रेजी अनुवाद केहि वर्ष अगाडि प्रकाशित भएको थियो । उहाँको ‘सरासु’ कविता सङ्ग्रहलाई दुर्लभ कृतिको रूपमा लिइन्छ। नेसं १०८४  (वि.सं. २०२१) मा कवि पूर्ण वैद्य, आफ्नो पहिलो कविता सङ्ग्रह ‘सरासू’ को लागि नेपालकै पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपा’ बाट पुरस्कृत हुनुभएको थियो। 

131 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal