ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाको परिवारलाई १ लाख २० हजार रुपैयाँ दिने

२०७८ भाद्र ५ गते, शनिबार

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका कोरोनाले मृत्यु भएकाको परिवारलाई राहतस्वरुप १ लाख २० हजार रुपैयाँ दिने भएको छ । महानगरले केही महिनाअघि नै यो निर्णय गरे पनि धेरैजसो मानिसहरु द्विविधामा परेकाले यस विषयमा स्पष्ट हुने गरी पुनः सूचना जारी गरेको हो ।

महानगरले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको जनाएको हो । महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेको छ ।

कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

यस्तै संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिलाई पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउने पनि निर्देशिकामा उल्लेख छ ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्ने छ । २०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन् । उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्ने छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार अहिले राहत वितरणका लागि नामसंकलन भइरहेको छ । त्यसका लागि उपप्रमुखको नेतृत्वमा एक समिति गठन भएको छ । जसले महानगरभित्र कोरोना संक्रमण भइ मृत्यु भएका र अस्पतालमा भर्ना भइ उपचार सकेर घर फर्किएकाहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।

56 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal