सावित्री गिरीको गजल संङ्ग्रह ‘मनको छाल’ को विमोचन

२०७८ श्रावण १७ गते, आईतवार

काठमाण्डाैं- गीतकार, गायिका, संगीतकार तथा गजलकार सावित्री गिरीको पहिलो गजल संङ्ग्रह ‘मनको छाल’ सार्वजनिक भएको छ । प्रकाशक जरा फाउन्डेसन, काठमाडौले भर्चुअल माध्यमबाट गरको कार्यक्रममा गजल संग्रह ‘मनको छाल’ विमोचन गरिएको हो ।

जरा फाउन्डेशनका अध्यक्ष कृष्ण प्रसाईंको सभापतित्व, गजलकार, गायिका शीतल कादम्विनीको प्रमुख आतिथ्यता, लोकगायिका हरिदेवी कोइरालाको विशिष्ट आतिथ्यता र मुग्लानी खबर डटकमका थर्च लामा, सम्पादक तथा गीतकार /केन्द्रिय संयोजक नेपाल स्वास्थकर्मी युनियनका अरुण कुमार गिरी तथा नेपालभाषा साहित्यका चर्चित साहित्यकार सुधीर ख्वबिको आतिथ्यता रहेको विमोचन कार्यक्रमको संचालन सिर्जना शर्मा, रुकुमले गरेकी थिइन् ।

अनेसास गण्डकी प्रदेशका महासचिव असफल गौतमको स्वागत मन्तव्य र श्रष्टा परिचय तथा लक्ष्मी गिरीद्वारा अतिथि सम्मान गरिएको उक्त विमोचन कार्यक्रममा हेम्जा साहित्य प्रतिष्ठान, पोखराका उपाध्यक्ष शिव त्रिपाठीले शुभकामना र विमोचित कृति ‘मनको छाल’ भित्रका गजल वाचन गरेका थिए । साथै गजल मन्च पोखराकी सल्लाहकार बिर्सना बस्नेत थापा र नारी श्रस्टा वाङ्ग्मय प्रतिष्ठान नेपालकी लक्ष्मी थापाले पनि विमोचित कृतिभित्रबाट एउटा गजल वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कादम्विनीबाट साहित्यकार सावित्रीका गजलीय विशेषताको चर्चा गर्दै आगामी दिनमा लेखन निरन्तरताका लागि शुभकामना र बधाई ज्ञापन गरेकी थिइन् । कार्यक्रममा साहित्यकार तथा जरा फाउन्डेसनका सल्लाहकार देवेन्द्र केसीले संस्थाको परिचयसहित गजलकार गिरिलाई बधाई दिँदै विमोचित कृतिबाट गजल वाचन गरेका थिए । साथै हाम्रो मझेरी साहित्य प्रतिष्ठानको अध्यक्ष पुष्प अञ्जलि अधिकारी, मुक्तक मन्च पोखराका रामकुमार श्रेष्ठ फुच्चे, गजल मन्च पर्वतका दीपसागर र निकेश गिरीले बधाई तथा विमोचित गजल संग्रहबाट एक एक गजल वाचन गरेका थिए ।

त्यस्तै लोकगायिका हरिदेवी कोइराला, कवि, हाइकुकार तथा नेपाल भाषाका साहित्यकार सुधीर ख्वबिले पुस्तक चर्चा र शुभकामना मन्तव्य तथा शुभ प्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मा, धनराज गिरी, पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साँहिलो लामिछाने, साहित्यकार खोलाघरे साहिंला तथा साहित्यकार रामहरि शर्माले बधाई मन्तव्य तथा गजलकार गिरीलाई शुभकामना दिएका थिए । अन्त्यमा गजलकार गिरीले आफ्ना भनाई राख्दै सबैमा आभार प्रकट गरेकी थिइन् ।

212 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal