तस्विरमा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

२०७८ श्रावण १३ गते, बुधबार

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले  सिन्धुलीको सिन्धुलीगढीमा निर्मित ऐतिहासिक “सिन्धुलीगढी युद्ध संग्रहालय”को उद्घाटन गर्नु भएको छ।

नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण गरेको हो ।  २०७६ साल कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले “सिन्धुलीगढी युद्व संग्रहालय” को शिलान्यास गर्नु भएको थियो ।

सिन्धुलीगढी युद्ध संग्रहालय “वृहत्तर सिन्धुलीगढी गुरु योजना” को महत्वपूर्ण अंश हो ।

यस क्षेत्रको ऐतिहासिक महत्वलाई कायम राख्दै व्यवस्थित र वृहत्तर विकास गर्दै सेनाले पुरातत्त्व विभाग, पर्यटन वोर्ड र कमलामाई नगरलाई यस गुरुयोजना निर्माण गरी हस्तान्तरण समेत गरेको छ ।

जसमा आगामी दिन निर्माण हुने सम्पुर्ण भौतिक संरचना सोही योजनामा आधारित रहेर व्यवस्थित निर्माण हुने अपेक्षा गरिएको छ ।

संग्रहालयको निर्माणले हाम्रो गौरवमय इतिहासमार्फत हाम्रो राष्ट्रिय एकतालाई महत्त्व दिनेछ भने राष्ट्र हितकालागी राष्ट्रियप्रेमी र अनुशासित पुस्ता निर्माण गर्न प्रेरणा पुर्‍याउने अपेक्षा गरिएको छ ।

वि. स १८२४ असोज २५ गते आधुनिक नेपालका प्रेरणा पृथ्वीनारायण शाहको वुद्विमतापूर्ण राजनीतिक सोचका साथै कुशलताका कारण शक्ति सम्पन्न इष्ट ईन्डिया कम्पनिका विशाल फौजको आक्रमणलाई विफल पारेको थियो । यस संग्रहालयमा तिनै महत्त्वपूर्ण विषयहरु समावेश गरेर तत्कालीन इष्ट ईन्डिया कम्पनीसग भएको लडाइँको मुख्य घटनाक्रम डकुमेन्ट्री, नक्सा, तत्कालीन समयमा प्रयोग भएको हातहतियार, दस्तावेज , मोडल आदिमा प्रतिविम्ब उजार गरेको छ ।

तस्वीरहरु-रासस

98 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal