योगी आदित्यनाथको फोटो ट्वीटपछि बाबुराम भट्टराई आलोचित, आगोसँग नखेल्न कमल थापाको चेतावनी

२०७८ श्रावण ६ गते, बुधबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज गरेको एउटा ट्वीटको सर्वत्र विरोध भइरहेको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चडाई रहेको एउटा फोटो पोस्ट गर्दै डा. भट्टराई गरेको ट्वीटलाई लिएर आलोचना भएको हो ।

भट्टराईको ट्वीटलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आगो नखेल्न चेतावनी दिएका छन् ।

उनले भट्टराईलाई मेन्सन गर्दै विश्वास र धर्मलाई तुलना नगर्न आग्रह गरेका छन् ।

योगी आदित्यनाथले खोलामा दूध बगाउँदा तपाईंको टाउको किने दुखेको भन्दै अध्यक्ष थापाले भट्टराईलाई सशस्त्र माओवादी द्वन्द्वकालमा माओवादीले गरेका हिंसात्मक घटनालाई स्मरण गराएका छन् ।

थापाले भनेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईंले आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनु भयो ?’

‘विश्वास एक खतरनाक चिज हो । यसले तपाईंलाई दूध फालेर मूत्र पिलाउँछ ।’ लेखिएको योगी आदित्यनाथको फोटो भट्टराईले ट्वीट गरेका थिए । उनले भारतीय सहपाठीमार्फत उक्त फोटो आएको भन्दै ट्वीट गरेका छन् ।

55 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal