घरघरमा तुलसीको विशेष पूजा गरेर हरिशयनी एकादशी मनाइँदै

२०७८ श्रावण ५ गते, मंगलवार

काठमाडौं – घरघरमा तुलसीको विशेष पूजा गरेर मनाइने हरिशयनी अर्थात देवशयनी एकादशी मनाइँदै छ ।

प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशीमै घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजाको सुरुवात गर्ने गरिन्छ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलबाट उर्मिएर बनेको बिरुवा आजै मोठमा सार्ने गरिन्छ । त्यही भएकाले आजको दिनलाई तुलसी रोपण दिवस पनि भन्ने गरिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई हरि अर्थात विष्णुको प्रतीकका रूपमा मान्ने गरिन्छ । विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन सुत्न जाने विश्वास गरिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको नियमित र विशेष पूजा गर्ने चलन छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

एक वर्षमा २४ पटक एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्ने गर्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत लिन्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिवोधिनी एकादशीका दिन फलाहार खाएर व्रत बस्ने चलन छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण एवं विष्णु मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति रहने गरेको थियो । तर यसवर्ष कोरोना महामारीका कारण त्यो सम्भव हुनसक्ने अवस्था छैन ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ ।

रुघाखोकी, ज्वरोजस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसीलाई घरेलु औषधिका रूपमा उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दू धर्मावलम्बीहरूका लागि तुलसीको निक्कै महत्व छ ।

57 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal