प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

२०७८ श्रावण ३ गते, आईतवार

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्दै आएका दोस्रो तहका नेताहरु तटस्थ बसेका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो । एक महिनाभित्र विश्वासको मत लिने सुविधा भए पनि उहाँले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमा नै विश्वासको मत लिनुभएको छ ।

52 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal