फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली महिला ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी हुनुभएको छ । उहाँ उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित हुनुभएको हो ।

सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई विजयी बनाएका हुन् ।

‘यो चुनावमा मेरो उमेदवारीको मूल उद्देश्य आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा सहभागिता जनाउनु हो भने एउटा सामाजिक र राजनैतिक ब्यक्तिवको आधारमा नेपाली समाजलाई एकताबद्द्ध बनाउनु मेरो लक्ष्य हो,’ उक्त पदमा दोस्रोपटक जितेपछि ताम्राकारले प्रतिक्रिया दिनुभयो। उहाँले फिनल्याण्डमा रहेका पहिलो पुस्तका नेपालीहरुले आप्रवासी प्रणाली, शिक्षा, स्वास्थ्यलगायतमा कुनै झमेला भोग्न नपरोस् भनी नीतिगत तहमै सहजता ल्याउन आफू लाग्ने समेत बताउनुभयो ।

काठमाडौंको बसन्तपुरमा हुर्किएकी ताम्राकार पछि बुढानिलकण्ठ बस्नुभएको हो । अध्ययनका क्रममा उहाँ फिनल्याण्ड पुग्नुभएको हो ।

991 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal