गुगलले आफ्ना प्रयोगकर्ताका जीमेलमा गर्छ यस्तो सुरक्षाको व्यवस्था

२०७८ जेष्ठ २६ गते, बुधबार

संसारमा धेरै मेलहरु सम्भवतः जीमेलका माध्यमबाट नै हुने गरेका छन् । जीमेल युजर्स एकाउण्टमा साइबर हमला नहोस् भनेर गुगलले दैनिक १० करोड एकाउण्ट स्क्यान गर्छ । गएका ६ महिनामा डिजिटल इन्डिष्ट्रीको इतिहासमा सबैभन्दा धेरै खतरनाक साइबर हमला भएको छ । यो हमलाबाट व्यक्तिगत युजरका साथ निजी क्षेत्र र सरकारी क्षेत्र कुनै पनि अछुतो रहन सकेनन् ।

गुगलमा ग्लोबल अफेयर्सका एसभीपी केन्ट वाकरले भने, हामीहरु यसका लागि हरदम चिन्तित हुने गर्दछौं र सुरक्षा हाम्रो उत्पादनको रणनीतिको आधारशीला हो । हामी हामीसँग प्रोजेक्ट जिरो जस्ता समर्पित टीम छ । यस टीमले इन्टरनेटमा हामी सबैका लागि सुरक्षित बनाउनका लागि वेभसाइटमा भएका कमी–कमजोरीहरु खोज्ने र ठीक गर्ने मै ध्यान केन्द्रित गर्छौं ।’

गुगलले आफू कम्प्युटिङ्ग सिस्टमको आधुनिकीकरण, सुरक्षालाई सरल बनाउने दिशामा गइरहेको बताएको छ । वाकरले जति सुरक्षा बढाउँदै लगिन्छ त्यति नै यसमा चुनौति पनि थपिदै जाने बताए । उनी गुगलमा आफूहरुले सफ्टवेयर सप्लाई चेनलाई सुरक्षित गर्नेमा जोड दिने र लामो समयदेखि टेक्नोलोजीहरुको निर्माण गरेको दाबी गर्दछन् । त्यसै कारण यसको सुरक्षा प्रणाली मजबुत हुने उनको तर्क छ ।

बढ्दो साइबर हमलालाई मध्यनजर गर्दै अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआइ) र अमेरिकी न्याय विभागले यसप्रकारका घटनालाई आतंकवादी हमलाको रुपमा लिने घोषणा गरिसकेको छ । हालै रेसमवेयर हमला यस्तैप्रकारको साइबर हमलाका रुपमा अमेरिकाको तेलको पाइपलाइन लक्षित थियो । सो घटनापछि कम्पनी लगभग ५५०० माइलको इन्धनको पाइपलाइन बन्द गर्न बाध्य भएको थियो ।

147 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal