ओस्कार एक महिना पछि सार्ने निर्णय

२०७८ जेष्ठ १४ गते, शुक्रबार

विश्वप्रसिद्ध फिल्म अवार्ड ‘ओस्कार’ आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स(एएमपीएएस)ले सन् २०२२ मा हुने ओस्कार अवार्डलाई एक महिना पछि सार्ने निर्णय गरेको छ ।

अमर उजालाका अनुसार एएमपीएएसले एक विज्ञप्ती जारी गर्दै २०२२ को फेब्रुअरी २७ मा हुने पूर्व निर्धारित अवार्डलाई मार्च २७ मा आयोजना गर्ने जनाएको छ ।

यद्यपि अवार्डका लागि मनोनयन दर्ताको समय ३१ डिसेम्बरसम्म राखिएको छ । गत वर्ष आयोजकले कोभिड–१९ महामारीका कारण मनोनयन दर्तामा परिवर्तन गर्दै २०२१ को फेब्रुअरी २८ सम्म समयसीमा बढाएको थियो ।

यो निर्णयसँगै थिएटरमा रिलिज नभई ओटीटी प्लेटफर्ममा रिलिज हुने फिल्महरुले अवार्डमा सहभागि हुने मौका पाएका छन् ।

यसअघि ९३ औं संस्करणको ओस्कार अवार्ड गत अप्रिल २५ मा गरिएको थियो । यो संस्करणमा फिल्म ‘नोम्याडलेण्ड’ले ‘बेस्ट फिल्म’, ‘बेस्ट डायरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको थियो ।

132 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal