लुडो बन्यो ५ करोड डाउनलोड पुरा गर्ने पहिलो नेपाली एप

२०७७ चैत्र १७ गते, मंगलवार

नेपाली युवाहरुले बनाएको लुडो एप ५ करोड डाउनलोड पुरा गर्ने पहिलो नेपाली एप बनेको छ । यार्सा गेमले बनाएको लुडोले भर्खरै गुगल प्ले स्टोरमा ५० मिलियन डाउनलोडको आँकडा पुरा गरेको हो ।

करिब ३ वर्षअघि बनेको यो एपमा करिब २ करोड सक्रिय तथा नियमित प्रयोगकर्ता रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा रहेको लुडो निर्माता कम्पनी यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीले जानकारी दिए ।

‘अहिले भारतमा मात्रै लुडोको डाउनलोड दुई करोडभन्दा बढी छ,’ उनले भने, ‘नेपालमा १० लाख र बाँकी अन्य देशका हुन् ।’ यार्साले लुडोसहित म्यारिजकलब्रेकरम्मीधुम्मलड्राइभिङ स्कूल, सोलिटायर गरी हालसम्म एक दर्जनभन्दा बढी गेम बनाइसकेको छ ।

पोखरामा रहेको यो गेमिङ कम्पनीले बजारमा त्यस अघि नै रहेका गेमहरुसँग प्रतिस्पर्धा गर्दै यो सफलता हात पारेको हो । एक्लै हुँदा होस् वा परिवार, साथीभाइमाझ हुँदा, लुडो एउटा लोकप्रिय गेम बनेको छ ।

‘हामीले एकदमै गज्जबका फिचर राखेर यो एप बनाएका थिएनौं,’ एनजे भन्छन्, ‘लुडोमा सामान्य तथा सजिलो लाग्ने यूआई यूएक्स छ । यही सरलपन धेरैले रुचाइदिनु भएको छ ।’

यसरी तयार भएको थियो लुडो

लुडो जम्मा दुई दिनमा तयार भएको प्रोजेक्ट हो । एनजेको टिमलाई एउटा मल्टी प्लेयर गेम बनाउने रहर थियो । त्यसका लागि उनीहरुले एउटा फ्रेमवर्क बनाए । उक्त फ्रेमवर्क यार्साका अर्का सहसंस्थापक तथा एनजेका भाइ राहुलले दुई दिनमै तयार पारिदिए ।

‘मैले लुडोको लागि बोर्डको डिजाइनको काम गरिदिएँ । यसरी जम्मा दुई दिनमा लुडो तयार भयो,’ उनी भन्छन् । दुई दिनमा तयार भएको लुडो साइटमा राख्ने वा नराख्ने भन्ने दोधारमै थिए एनजे ।

दोधारकै बीच साइटमा राखियो । तर अहिले त्यही लुडो नै यार्साको सबैभन्दा बढी डाउनलोड हुने गेम बनेको छ । लुडोको क्रेज अझैं बढ्दो छ । यो एप एक दिनमै चारदेखि पाँच लाख पटकसम्म डाउनलोड भएको थियो ।

‘यसले हामीलाई साना गेम पनि सफलताका आधार हुनसक्छन् भन्ने पाठ सिकाएको छ,’ एनजे भन्छन्, ‘सधैं ठूला ठूला गेम किन नबनाएको भन्ने खालका प्रश्न पनि आउँथे ।

पछिल्लो समय भने यार्साको ध्यान नयाँ एप बनाउने भन्दा पनि भएका एपलाई परिमार्जन गर्दै मनिटाइज गर्नतर्फ बढी केन्द्रीत छ । एनजे भन्छन्, ‘लकडाउनले आर्थिक अवस्थालाई अझ बढी सबल बनाइदिएको छ । घरमै बस्नु पर्दा समय विताउन गेम धेरै खेलिएकाले पनि गेमको डाउनलोड धेरै भएको छ । त्यसको सकारात्मक प्रभाव हाम्रो आम्दानी पनि देखिएको हो ।’

260 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal