नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना गरिने

२०७७ चैत्र ८ गते, आईतवार

भक्तपुर – नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/७८’को आयोजना हुने भएको छ ।

नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिनु भयो । उहाँकाअनुसार मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ ।

बृहत् औद्योगिक तथा व्यापार मेलामा १ सय ५० भन्दा बढी स्टल रहनेछ। मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछन् । त्यस्तै मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहनेछन् ।

मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिनु भयो । मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजक मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनु भयो । मेलामा बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडियाघर, बालबालिकाका खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हाँस्यव्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बज्राचार्यको भनाइ छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि क्यान्सर र मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग गरिनेछ ।

323 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal