‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरु

२०७७ फाल्गुन १७ गते, सोमबार

काठमाडाैं – नेपाल उद्योग परिसङ्घले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनको कार्यकक्षमा भेट गरी सो अभियानका बारेमा जानकारी गराएको हो । परिसङ्घका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसङ्घले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरु गरेको बताए ।

परिसङ्घको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताउनुभयो । यस अभियानमा सरकारले स्वमित्वबोध गरी स्वदेशी उद्योगको स्थापना र उद्योगलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाले परिसङ्घले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै त्यसमा मुख्यगरी चारवटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको जानकारी दिए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

परिसङ्घको लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात रु चार खर्ब ३० पु-याउने र कूल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु-याउने बताए । उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा परिसङ्घले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताए ।

स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजुरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताउनुभयो । छलफलमा परिसङ्घको तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाललगायत उपस्थिति थियो ।

651 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal