चिनियाँद्वारा बालबालिकालाई खाद्य उपहार

२०७७ फाल्गुन ३ गते, सोमबार


काठमाडौं – चिनियाँहरुले सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकाहरुलाई खाद्य सामग्री र लत्ता कपडा प्रदान गरेको छ । चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर राष्ट्रियता अपांगता पूर्ण समाजको समन्वयमा आईतबार काठमाडौंको नागार्जुन नगरपालिकाका चार वटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सो सामग्री प्रदान गरिएको हो ।

स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत चिनियाँ वसन्त महोत्सवको अवसरमा उपहार स्वरुप सो सामग्री प्रदान गरिएको एलिभिएनसनले जनाएको छ । एलिभिएसनका अनुसार अमरज्योति विद्यालय, सीताराम माध्यमिक विद्यालय,रत्नराज्य माध्यमिक विद्यालय र जनउद्धार माध्यमिक विद्यालयमा सो सामग्री प्रदान गरिएको थियो ।

सामग्री पाउनेहरुमा पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरु रहेका छन् । प्रति विद्यार्थी एक बोरा चामल, तीन किलो दाल, र तेल प्रदान गरिएको थियो । सीताराम विद्यालयमा आयोजित एक समारोहमा वाग्मती प्रदेशका सासंद केशव पोखरेल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर थापा लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

यस अघि सो संस्थाले कोरोना भाइरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खाद्य सामग्री वितरण गरिएको थियो । स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत हालसम्म १५ हजार बालबालिकाहरु लाभान्वित भइसकेका छन् ।

कोरोना भाईरस संक्रमणले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताहरुको तर्फबाट यथोचित सहयोग गर्दै आएको प्रतिनिधि जोउले बताउनुभयो ।

191 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

भक्तपुरको विद्यालयमा पुरातात्विक भग्नावशेष फेला

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

२०७८ कार्तिक ९ गते, मंगलवार
fire

सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं जिल्लामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा

२०७८ कार्तिक ९ गते, मंगलवार

अमेरिकी डलरको भाउ बढ्यो

२०७८ कार्तिक ६ गते, शनिबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे दुइवटा भूकम्प

२०७८ कार्तिक १ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal