वरिष्ठ कलाकार एकाराम सिंको निधन

२०७८ जेष्ठ २४ गते, सोमबार

काठमाण्डाैं – वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । उहाँको ५९ वर्षको उमेरमा सोमबार काठमाण्डाैं बुढानिलकण्ठ नगरपालिका चुनिलेख कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

गएको बैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसियु र भेन्टलेटरमा राखेर उपचार गरिएको थियो।

इतिहास संस्कृतिमा विषेश अध्ययन र अनुसन्धानमा कृयाशील उहाँ बाल साहित्यमा सकिय हुनुहुन्थ्यो । सयौं किताबको कभर डिजाइन गर्नु भएका वरिष्ठ चित्रकार सिंले पछिल्लो समय काठमाण्डौं महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोर्नु भएको थियो । 

चित्रकला विधामा पनि इलस्ट्रेशनमा दक्षता राख्नु हुने उहाँले  वर्ल्ड भिजन, आइयूसिएन लगायत संघसंस्थामा आवद्ध  भएर पनि काम गर्नु भएको थियो।

124 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal