काठमाण्डौंमा आइसोलेशन बेड कहाँ खाली छन् ? हटलाइनमार्फत जानकारी लिन सकिने

२०७८ जेष्ठ २१ गते, शुक्रबार

काठमाण्डौं– काठमाण्डौं महानगरपालिकाभित्र कुन आइसोलेशन सेन्टरमा कति बेड खाली छ भनेर घरैमा बसेर जानकारी लिन सकिने भएको छ।

हटलाइन ११८० मा फोन गरेर जानकारी लिन सकिने महानगरपालिकाले जनाएको छ। १४ वटा आइसोलेशन सेन्टरमा २५ एचडीयु, २८६ अक्सिजनसहितका बेड २६३, र साधारण ५७४ आइसोलेशन बेडका बारेमा महानगरले दैनिक विवरण अद्यावधिक गर्ने गरेको छ । यी विवरणका आधारमा हटलाइनबाट सूचना दिने प्रबन्ध मिलाइएको महानगरले जनाएको छ ।

महानगरमा सूचना दिने आइसोलेशन सेन्टरहरूमा शारदा सेकेण्डरी स्कूल, तिलगंगा, रत्न राज्य स्कूल, बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, निःशुल्क कोभिड आइसोलेशन, गौशाला, क्याम्पेन कलेज, गहना पोखरी, वडा नं. ३० स्थित आइसोलेशन सेन्टर, बुद्धमाई हस्पिटल, टेकु कोभिड आइसोलेशन सेन्टर, गोर्खा अस्पताल, आनन्दकुटी विद्यापीठ, स्वयम्भू, शान्ति निकुञ्ज, भीमसेनस्थान, नरदेवी आयुर्वेदिक अस्पताल, नरदेवी र टेवहाल, संकटा छन् ।

यीमध्ये राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी आयुर्वेदिक अस्पतालका आइसोलेशन महानगरको सहयोगमा सञ्चालन भएका हुन् । यी आइसोलेशनका अतिरिक्त महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोभिड अस्पतालका रुपमा सञ्चालन गरेको छ ।

अन्य सेन्टरहरू महानगरसँगै संघीय संसद, प्रदेशसभा सदस्य तथा सहयोगी र दाताहरूको सहयोगबाट वडाहरूले संयुक्त तथा एकल व्यवस्थापनमा सञ्चालन गरिरहेका छन् ।

39 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal