काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्न तयारी, प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निर्णय गर्ने

२०७८ जेष्ठ १९ गते, बुधबार

काठमाडौं- काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

तीन जिल्लाका प्रजिअहरुको आजको बैठकले उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिनेछ । यसअघि मंगलवार बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि यसबारे ठोस निर्णय गर्न सकेको थिएन ।

मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार निर्णय हुने काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताउनु भयो । उपत्यकामा थप्न लागिएको निषेधाज्ञा हाल जारी रहेको अवस्थाभन्दा केही परिमार्जित हुने प्रजिअ पराजुलीले जानकारी दिनु भयो।

खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे मंगलबार प्रजिअहरुको बैठकमा छलफल भएको थियो ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते राती १२ बजेदेखि सकिंदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरू भएको हो ।

220 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal