अस्ट्रेलियामा कोरोनाको नयाँ भेरियन्ट भेटियो

२०७८ जेष्ठ १४ गते, शुक्रबार

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोनाको नयाँ भेरियन्ट (B.1.617) फेला परेको छ । बिहिवार यी राज्यहरुमा यसबाट संक्रमितको संख्या २५ पुगेको छ । यसबाट संक्रमित एक व्यक्ति लाई भेन्टिलेटरमा पनि राख्नु परेको बताइएको छ । अहिलेसम्म ती २७ जनाको सम्पर्कमा १० हजार मानिस पुगेको बताइएको छ । हाल भिक्टोरियामा ७ दिनका लागि लकडाउन लगाइएको छ । राज्य सरकारका अनुसार हालै यस राज्यमा संक्रमण तीब्र गतिमा फैलिएको छ । स्थानीय सरकारले यसलाई गम्भीर विषय भनेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक सामग्री किनमेलका लागि घरबाट ५ किमीभन्दा धेरै टाढा जान बन्देज लगाइएको छ ।

सरकारले घरको एक सदस्यलाई मात्र घर बाहिर जान दिएको छ । अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्देशन दिइएको छ । छिमेकी राज्यहरुले पनि भिक्टोरियाका सीमा शिलबन्दी गरेको छ । यहाँ फैलिएको कोरोनाको यस भेरियन्ट भारतमा पनि देखिएको छ ।

त्यसैगरि मेलबर्नमा पनि कोरोना टेस्टका लागि मारामार परेको छ । मानिसहरु कोरोना टेस्टका लागि लामो लाइन लागेका छन् । उनीहरुको आफ्नो पालो ३ घण्टापछि मात्र आउने गरेको छ । राज्यका कार्यवहाक प्रमुख जेम्स मर्लिनोले २४ घण्टामा संक्रमितको संख्या दोब्बर भएको बताएका छन् । उनका अनुसार कडा कदम नउठाए स्थिति बिग्रन सक्ने छ ।

प्राप्त समाचार अनुसार कोरोना खोपका लागि पनि मानिसहरुमा मारामार छ । भ्याक्सिन अग्रीम बुकिङ गर्ने वेभसाइटहरु क्र्यास भएका छन् । तिनका हटलाइनमा १५ मिनेटमा ७७ हजार कलहरु आएका छन् । राज्यका कार्यवहाक प्रमखु मर्लिनोले खोप अभियान आशा गरेभन्दा मन्द गतिमा चलेको बताएका छन् । यसका लागि उनले केन्द्र सरकारलाई दोषारोपण गरेका छन् । यहाँ नयाँ लहरसँगै खोपको माग पनि ह्वात्तै बढेको छ ।

59 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal