प्रतिनिधिसभा विघटनका १९ मुद्दामा आजदेखि सुनुवाइ

२०७८ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ मुद्दामा आजदेखि सुनुवाई हुँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले सुनुवाई सुरु गर्न लागेका हुन् ।

आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

कांग्रेस सभापति देउवा १४६ जना सांसदसहित रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए ।

देउवाले १४९ सांसदको समर्थन रहेको भन्दै शुक्रबार प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित सर्वोच्चमा रिट परेका छन् ।

67 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal