काठमाण्डाै उपत्यकामा थपिएको निषेधाज्ञामा के खाेल्न पाइन्छ, के खाेल्न पाइँदैन ? (सूचीसहित)

२०७८ जेष्ठ ११ गते, मंगलवार

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा थप कडाइसहित जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएकाे छ । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेकाे हाे । 

काठमाण्डौ उपत्यकामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कोही पनि घरबाहिर निस्कन नपाउने र बिहान, बेलुकाको हिँडडुल पनि बन्द गरिएको छ । 

यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, दोहोरी, फुटसल, जिमखाना र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ । 

विवाह, व्रतबन्धको हकमा बढीमा सात जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आफ्नो घर वा बसेको ठाउँमा मात्र गर्न पाइनेछ । 

यस्तै पुजारीबाट हुने नित्य पूजाबाहेकका सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्यास पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाइनेछ । खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्टल स्टोरलगायत भने खोल्न पाइने छैन । 

जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट यसअघि जारी गरिएका सबै पास रद्द गर्ने पनि आदेशमा उल्लेख छ । 

245 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal