काठमाडौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी

२०७८ जेष्ठ ११ गते, मंगलवार

काठमाडौं – उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ।

आज दिउँसो बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।

उहाँका अनुसार कोरोना संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । ‘संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा एकसाता थप्ने तयारी गरेका छौं,’ प्रजिअ पराजुलीले भन्नु भयो, ‘थप निर्णय आजको संयुक्त बैठकले गर्नेछ।’

आजकाे संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने सीडीओ पराजुलीले बताउनु भयो।

कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ। यसअघि थपिएको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिंदैछ।

42 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal