उपत्यकाका ४ स्थानमा ठूला आइसोलेसन केन्द्र तयार हुँदै

२०७८ जेष्ठ ११ गते, मंगलवार

काठमाण्डौ – कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।

उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।

टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ ।

उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ससाना आइसोलेसन केन्द्र सञ्चालन गर्दा पर्याप्त जनशक्ति र स्वास्थ्य पूर्वाधार अभाव हुने, साथै बिरामी जोखिममा पर्ने भएकाले कम क्षमताका आइसोलेसन केन्द्र सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरेको थियो ।

मन्त्रालयको यो आग्रहसँगै फोरमले धेरै बिरामी अट्ने क्षमताका एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको हो ।

देशभर रहेका एक लाखभन्दा बढी सक्रिय सङ्क्रमितको आधा सङ्ख्या उपत्यकामै छ ।

45 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal