कोरोना कहर : यसपालि पनि रोकिए ऐतिहासिक जात्रा

२०७८ जेष्ठ ८ गते, शनिबार
फाइल फोटो

काभ्रेपलाञ्चोक – कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् ।

कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा राकिएको हो ।

अघिल्लो वर्ष पनि जिल्लामा कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यी जात्रा साधारण पूजा (क्षमा) गरी सम्पन्न गरिएको थियो । चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा यही जेठ १२ र १३ गते मनाइने जात्रा–तिथि परेको छ ।

बनेपामा सबैभन्दा बढी कोरोना संक्रमित भएकाले गत आइतबारदेखि बुधबार राति १२ः०० बजेसम्म नगरक्षेत्र ‘शिल’ गरिएको छ भने पाँचखालले आज २ः०० बजेदेखि एक साताका लागि नगरक्षेत्र शिल गरेको छ ।

बनेपाका स्थानीय जनप्रतिधि, मन्दिरका पुजारी र गुठियारको बैठकले चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय गरेको छ । “संक्रमणदर फैलिरहेको र मृत्युदर पनि नरोकिएकाले यो वर्ष पनि क्षमा पूजा मात्रै गरी जात्रा रोक्ने निर्णय गरेका छौँ”, नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने ।

उनका अनुसार स्थानीयवासीलाई पनि आ–आफ्नै घरमा पूजा गरी कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अवलम्बन गर्न अपिल गरिएको छ ।

चण्डेश्वरी जात्राका लागि प्रत्येक वर्ष बनेपालीले चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिङ्गार्ने गर्दथे । दुई दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्थ्यो ।

बनेपालीका लागि यो जात्रा महान् चाड दशैँ जस्तै लाग्ने गर्दथ्यो । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्थे ।

पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारका तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपालीले यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् ।

जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्थ्यो भने बूढापाकाले टोलटोलमा बसी भजन गाउँथे । सडक, गल्लीमा भीड हुन्थ्यो ।

शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने गरेको स्थानीयवासी जगतबहादुर मानन्धरले बताए । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गरिन्छ ।

जात्रामा पूर्णिमाका दिन तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ।

त्यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका विभिन्न प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउनुपथ्र्यो ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउँछन् ।

उनका अनुसार, जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्थ्यो । छुटाउनै हुँदैन भन्ने जनविश्वासअनुसार बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्थे ।

पाँचखालस्थित ऐतिहासिक पलाञ्चोक जात्रा यस वर्ष पनि रोकिएको नगरउपप्रमुख लक्ष्मी दनुवारले बताए । उनका अनुसार पाँचखालमा पनि कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले हाल नगरक्षेत्र शिल गर्नुपरेको छ ।

पलाञ्चोक भगवती मन्दिरमा पूर्णिमाका दिन क्षमापूजा गरी सम्पन्न गरिनेछ ।

हिन्दू धर्मावलम्बीको विशेष धार्मिकस्थलका रुपमा रहेको पलाञ्चोक भगवती स्थानमा मेला भर्नका लागि पाँचखाल नगरपालिकालगायत आसपासका तेमाल, नमोबुद्ध, भुम्लु, रोशी तथा छिमेकी जिल्ला सिन्धुपाल्चोक, भक्तपुर र काठमाडौंका भक्तजनको भीड लाग्ने गर्दथ्यो ।

यहाँको एक महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमा रहँदै आएको छ । रासस

177 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal