देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालसहित १४९ सांसदले गरे हस्ताक्षर

२०७८ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौं – वैकल्पिक प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई बनाउन १४९ जना सांसदको विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ । एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको कांग्रेस नेता गगन थापाले जानकारी दिनु भयो।

नेता थापाका अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको हो ।

नेपाली कांग्रेस (६१), माओवादी केन्द्र (४९ एक स्वतन्त्रसमेत), एमालेको माधव नेपाल पक्ष (२७) र जसपाको बाबुराम–उपेन्द्र पक्षका (१२) गरेर एक सय ४९ सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ। देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन्। देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १२ जनाले हस्ताक्षर गरेका छन्। 

राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाको भनाई छ।

53 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal