लमजुङमा फेरि गयो भूकम्प, स्थानीय त्रसित

२०७८ जेष्ठ ५ गते, बुधबार

काठमाडौं–लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।

केहीबेर अघि बेलुकी १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएकाे  खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रया वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

चारभन्दा माथि रेक्टर स्केलका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा ४, आठ बजेर १७ मिनेटमा ४.१, ८ बजेर २६ बजेटमा ५.३ र बेलुकी ९ बजेर २३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ। यसअघि पनि बेलुकी ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको थियो।

भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् ।

उनीहरु कोरोना सङ्क्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भीडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिम समेत बढेको छ 

873 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal