प्रसिद्ध बाराही जात्रा यस वर्ष पनि प्रभावित हुने

२०७८ जेष्ठ ३ गते, सोमबार

मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ ।

अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो ।

नगरमा कोरोना संक्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए ।

तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ ।

सामान्य अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौँको संख्यामा भक्तालुहरु सहभागी हुने गर्दछन् ।

त्यसैगरी स्थानीय नेवार समुदायले नियमित पूजा लैजाने गर्दछन् भने भाकलअनुसार हजारभन्दा बढी व्यक्तिले बलि दिने गर्दछन् । यो जात्रा नगरपालिकाको बज्रबाराही माईको थानमा लाग्ने गर्दछ ।

नगरपालिकाले जात्रा स्थगन गर्न आग्रह गरे पनि जात्राका धामीझाँक्री र पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नैपर्ने अडान राखेका छन् ।

जात्रामा बलि दिन भक्तालुहरुले भाकल गरी पशुपक्षी पालिरहेको चार वर्ष भइसकेकाले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर जात्रा गर्नुपर्ने उनीहरुको अडान छ ।

जात्रामा बाराही माईलाई बलि दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरी पालिँदै आएको छ ।

धर्म–संस्कृति र परम्पराअनुसार जात्रा सञ्चालन गर्नैपर्ने भए विधि मात्र पु¥याएर व्यवस्थापन गर्ने गरी प्रस्ताव गर्न नगर प्रमुख विष्टले सम्बद्ध समुदायलाई आग्रह गरेका छन् ।

83 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal