‘ताउ ते’चक्रवातको असर नेपालमा पनि पर्ने, सतर्कता अपनाउन अनुरोध

२०७८ जेष्ठ २ गते, आईतवार

काठमाण्डौ  जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ ते’ अझ विकशित हुने क्रममा रहेको हुँदा यसको असर नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर भने नेपाली भूभागमा पनि पर्ने सम्भावना रहेको आकलन गरेको हो ।

सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश ,सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सो अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन समेत अनुरोध छ।

अरब सागरमा विकसित भइ फैलिएको ‘ताउ ते’ चक्रवातका कारण भारतमा चार जनाको मृत्यु भएको छ। आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चक्रवातको असर कर्नाटमा धेरै परेको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् । साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ । भारतीय मौसम विभागले पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको बताएको छ ।

‘ताउ ते’ चक्रवातको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा हुने पूर्वानुमान गरिएको छ ।

103 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal