रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा आज तानिँदै

२०७८ जेष्ठ १ गते, शनिबार

काठमाण्डाै – स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथलाई आज प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्र तानिने भएको छ ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौं दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिन लागेको हो । रथारोहण बैशाख २९ गते गरिएको हो। यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ र मीननाथको रथलाई पनि प्रतिकात्मक रुपमा केही परसम्म मात्र तानिनेछ ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएअनुसार नरिवल खसाल्ने, भोटो जात्रा नहुने भएको छ । रातो मच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत रहेकाे छ । यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । तर आज बिहान ६ बजेदेखि राति १० बजेसम्म एकैठाउँमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि पाँच गते राति १० बजेसम्म रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा–मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा–श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको वारुण यन्त्र रहेको स्थान, दक्षिणमा–सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तरमा–लबिम मल पश्चिमपट्टिको सडकमा भेला नहुन भनेको छ ।

त्यसैगरी मीन नाथको रथ रहेको आसपास क्षेत्र पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टवहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

90 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal