उपत्यकामा २,९३७ सहित ८,१६७ संक्रमित थपिए, १८७ को मृत्यु

२०७८ जेष्ठ १ गते, शनिबार

काठमाडौं – नेपालमा २४ घन्टाको अवधिमा ८,१६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १८७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७,९७१ आरटी पिसिआर र ५७७ एन्टिजेन परीक्षण गरिएकोमा ८,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४,४७,७०४ पुगेको छ । यीमध्ये १,०७,३३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २,१४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जना गरी उपत्यकामा २,९३७ जना संक्रमित थपिएका छन् ।

शनिबार देशभर ५,४५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै देशभर कोरोना जित्नेको संख्या ३,३३,१०८ जना पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १८७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४,८५६ पुगेको छ । मृत्यु हुने दर १.०८ प्रतिशत रहेको छ ।

52 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal