रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिने

२०७८ बैशाख २९ गते, बुधबार

ललितपुर – आज बैशाख शुक्ल प्रतिपदा सहकाल र करुणाका देवता ललितपुरको रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिने दिन हो । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँँ विशेष पुजा सम्पन्न भएकोे छ ।

आज कटुवाल दहबाट देवतालाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याएपछि पुल्चोकमा निमार्णाधिन रथमा रथारोहण गरिनेछ । आज दिउँसो रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिनेछ ।

यसैविच, मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा पुगेको छ । बिहानै देखि यवाल गुथियारहरुले रथमा बेतले बाँध्ने काम गरिरहेका छन्। आज मूर्तिलाई रथारोहण गर्नु अघि सुनका फूल, झ्याल, कौसी, धमा जडान गरिने रथ निमार्णमा संलग्न बाराही नाइके दिल कुमार बाराहीले बताउनु भयो ।

चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने उहाँले बताउनु भयो । रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटा लगाएर रथको अगाडि बस्ने जनविश्वास छ ।

366 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal