अक्सिजनको कोटा तोकियो, सबैभन्दा धेरै वीर अस्पताललाई

२०७८ बैशाख २८ गते, मंगलवार

काठमाण्डाै – कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ । कोरोना संक्रमितको लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासोपछि सीसीएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको हो।

सीसीएमसीको निर्देशन अनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउनेछन् । सीसीएमसीको निर्देशन अनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउनेछ । यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर पाउनेछ । यस्तै काठमाण्डौ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरको कोटा पाएका छन् ।

58 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal