८ जिल्ला बाहेक सबै जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख २७ गते, सोमबार

काठमाडौं – कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै जारी गरिएको निषेधाज्ञा देशभरका ६९ वटा जिल्लामा लागू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण देशभर फैलने क्रम जारी रहेपछि हालसम्म देशभरका ८ जिल्ला बाहेक अर्थात ६९ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको हो ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि कोरोना सङ्क्रमण र मृत्यु दरमा कमी आउन नसक्दा निषेधाज्ञाको दायरा फराकिलो बन्दै गैरहेको छ । जसअनुसार झण्डै पुरै देश बन्दाबन्दीको अवस्थामा पुगेको छ । यसबाट मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास गरेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिएको र कतै सर्वसाधारणले नै हेल्चक्र्याइँसमेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् । झण्डै २० दिनको अवधिमा ६९ जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ ।

45 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal