टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

२०७८ बैशाख २७ गते, सोमबार

भक्तपुर – टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंंदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनु भयो।

अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंंदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडाैंमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनु भयो ।

दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

102 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal