काठमाडौंलगायत अन्य ठाउँका कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत चितवन ल्याइँदै

२०७८ बैशाख २६ गते, आईतवार

चितवन – राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकप्टरमार्फत संक्रमित चितवन ल्याउन थालिएको छ। चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट संक्रमित ल्याउने क्रम बढेको हो।

जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ। यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी संक्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौंबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक/एक संक्रमितलाई हेलिकप्टरबाट ल्याइएको छ। आजमात्रै एक संक्रमितलाई काठमाडौंबाट हेलिकप्टरमार्फत चितवन ल्याइएको देवकोटाले जानकारी दिए। उनका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने संक्रमितको संख्या ठूलो छ। ‘यसरी आउनेको यकिन तथ्यांक त छैन तर, ठूलो संख्यामा काठमाडौंलगायतका ठूला शहरबाट संक्रमित यहाँ आएका छन्।’, उनले भने।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउँछन्। उनले भने, ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ। सके र भएसम्म हामी जुटिरहेका छौं।’

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए। ‘आज मात्रै मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्तापूर्व) पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेका छौं’, उनले भने।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकप्टरमासमेत बिरामी आएको भन्दै उनले सामान्य अवस्थाका संक्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बताए। उनले जिल्लाका अन्य निजी अस्पतालले पनि आजदेखि संक्रमितको उपचार थाल्ने जानकारी दिए। अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ।

जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ संक्रमितको उपचार भइरहेको छ। तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा ६, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एकजनाको मृत्यु भएको छ। रासस

64 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal