रातो मच्छिन्द्रनाथको मूर्तिको मर्मत सम्भार थालियो

२०७८ बैशाख २२ गते, बुधबार

काठमाण्डाै – महास्नान गरेर गुप्तबासमा राखिएको ललितपुरको रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको काम थालिएको छ ।

गएको बैशाख १५ गते महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएकोमा हिजो मूर्तिलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको कार्य थालिएको पुजारी कपिल बज्राचार्यले बताउनुभयो । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन महास्नान गरेर रातो मच्छिन्द्रनाथलाई ७ दिनसम्म गुप्तबासमा राख्ने गरिन्छ । बज्राचार्यका अनुसार मूर्तिलाई मर्मत सम्भार सकाएर आउँदो आइतबारदेखि रंगरोगनको काम थालिनेछ ।

यसपालि रातो मच्छिन्द्रनाथलाई २९ गते रथारोहण गरेर जेठ १ गतेदेखि रथयात्रा गरिनुपर्ने पात्रोमा उल्लेख गरिएको छ । गएको वर्ष कोरोना सङ्क्रमण जोखिमका बीच स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गरिएकोमा याे वर्ष पनि त्यसरी नै रथयात्रा गर्नको लागि तयारी थालिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ निर्माणको काम ५० प्रतिशत सकिएको छ । मच्छिन्द्रनाथको रथ निर्माण ५० प्रतिशत सकिएको रथ निमार्णमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा बीच स्वास्थ्य मापदण्ड पालना गरेर पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको हो । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ निर्माण गएको बिहीबार थालिएको हो ।

यसैबीच दोलखाको रातो मच्छिन्द्रनाथको यात्रा हिजो सकिएको छ । दोलखाको रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेर दोलखाको विभिन्न क्षेत्रमा तानिने परम्परा भएपनि यसवर्ष कोरोना महामारीका कारण खटमा राखेर धार्मिक विधि पूरा गरिएको हो । खटयात्रा पूरा गरेर मूर्तिलाई हिजो नै डोकलुङ्गा टोलमा रहेको मन्दिरमा भित्र्याइएको छ ।

85 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal