५५० पत्रकारलाई सङ्क्रमणः ७ को निधन

२०७८ बैशाख २० गते, सोमबार

काठमाडाैं – कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गर्नुभएको छ । विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । “कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ ।

यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।” यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।

38 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal